Logo
१ कार्तिक २०८३, शनिबार
|  Sat Oct 17 2026

राप्रपाको महाधिवेशन आजदेखि शुरू हुँदै, अध्यक्षमा थापा र लिङ्देन भिड्दै


राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि सुरु हुँदै छ। पर्सिसम्म काठमाडौंको भृकुटीमण्डप हुने महाधिवेशनको आज बिहान ११ बजे उद्घाटन हुने छ। महाधिवेशनमा पुरानो र नयाँ पुस्ता भिडन्तमा छन्। राप्रपाका अध्यक्ष कमल थापाले अध्यक्षमा आफूलाई दोहोर्याउने भएका छन् भने उनलाई राजेन्द्र लिङ्देनले चुनौति दिन लागेका छन्।

तीन पार्टीबी एकता भएपछिको पार्टी राप्रपाले यसपटकको महाधिवेशनलाई एकताको महाधिवेशन भनेको छ। राप्रपा एकीकरणपछि तीन अध्यक्ष रहेका थिए। यो महाधिवेशनले एक अध्यक्ष चयन गर्नेछ। तीन वर्ष अध्यक्ष भएर पार्टीको नेतृत्व गरेका थापा र राप्रपाको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने भन्दै लिङ्देन पक्ष चुनावी मैदानमा उत्रिएका छन्।

दुई अध्यक्षबीच टक्कर भएपछि वरिष्ठ नेताहरू पनि दुई खेमामा खुलेरै लागेका छन। थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ भने लिङदेनलाई डाक्टर प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा लगायतको साथ छ। तीन पटक अध्यक्ष भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय छन्।

संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्रको पक्षमा उभिँदै राप्रपाका दुई अध्यक्ष यहि एजेण्डा बोकेर अधिवेशनमा होमिएको छ। लिङ्देनले आफूलाई पूर्व राजजा ज्ञानेन्द्र शाहको पनि समर्थन रहेको दाबी गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार