Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

आजका मुख्य १५ खबर


१. सोमबार साँझसम्म माधव नेपाल पक्षका निवर्तमान सांसदहरुले सर्वोच्चमा विचाराधिन मुद्धाबाट हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने प्रधानमन्त्री ओलीको चेतावनी, पार्टीमा अराजकता सह्य नहुने भनाइ
२. दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन खारेज गर्न एमाले उपाध्यक्ष वामदेव गौतमको माग, मुख्य नेतालाई अपमान गरेर पार्टी एकता हुन नसक्ने जिकिर
३ शनिबार पनि बस्ने एमाले केन्द्रीय कमिटि बैठकमा उपस्थित हुन माधव कुमार नेपाल समुहलाई एमाले अध्यक्ष ओलीको पुनः आग्रह, शनिबारको बैठकमा पनि सहभागि नहुने माधव नेपाल पक्षको अडान
४. पर्सीदेखि चाहिने जत्ति खोप आउने प्रधानमन्त्री ओलीको दाबी, अब खोपको समस्या नहुने भनाइ
५ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले गुमायो बहुमत, जसपाबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीको राजीनामा, तत्काल मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीको माग
६. संसद भंगको विरोधमा विभिन्न विद्यार्थी संगठनले आज पनि राजधानीमा जलाए प्रधानमन्त्री ओलीको पुत्ला, प्रधानमन्त्री ओली प्रतिगमनको मतियार बनेको आरोप
७. डा.सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनावको पक्षमा, चुनावको तयारीमा आफूहरु लागिसकेको जनमत पार्टीका नेताहरुको भनाइ
८. देशलाई थप दुर्घटनाबाट जोगाउन प्रधानमन्त्री ओलीले जनमतसंग्रहको घोषणा गर्नुपर्ने राजनीतिक विश्लेषक श्याम बस्नेतको भनाइ, जनमतसंग्रहले मात्रै राजनीतिक निकास दिने दाबी,
९. पछिल्लो २४ घन्टामा थप २२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु
१०.फ्रन्टलाइनरको सम्मानमा बनाइएको चित्र मेटिएको विरोधमा नेविसंसघको आपत्ति, चित्र मेटिएकै भित्तामा काठमाडौंका मेयर विरुद्ध चर्का नारा लेखिए
११. काभ्रेको पनौतीमा विश्वमै दुर्लभ सालक भेटियो, बुधबार राती एक स्थानीयको घर आँगनमै सालक भेटिएको प्रहरीको भनाइ
१२. तनहुँको व्यासस्थित माँझफाँटमा खोलाले बगाएर एक वृद्ध बेपत्ता, बेपत्ता हुनेमा ८० वर्षिय नरबहादुर विष्ट
१३.आफ्नै छोरीलाई यौन दुव्र्यबहार गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ, ओखलढुंगा घर भई भक्तपुरको सुडाल बस्ने ३१ वर्षिय व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको भनाइ
१४.युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै, पहिलो खेलमा स्विट्जरल्याण्ड र स्पेन भिड्ने
१५. कोरोनाका कारण हालसम्म १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओको भनाइ, महिला स्वास्थ्यकर्मीहरुलाई उचित ध्यान दिन नसकिएको स्विकारोक्ति


प्रतिक्रिया दिनुहोस !
विचार