Logo
१ कार्तिक २०८३, शनिबार
|  Sat Oct 17 2026

राप्रपाको महाधिवेशन सुरु, को–को पुगे ?


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको महाधिवेशनमा संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पार्टीको झन्डोतोलन गरेका छन् ।

एकताा महाधिवेशनलाई सम्बोधन गर्न पार्टी नेतृत्वका साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता अनिल झालगायत नेताहरू कार्यक्रमस्थल पुगेका छन् । अरू नेताहरू पनि पुग्नेक्रममा रहेको बताइएको छ ।

महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार