Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

आजको मौसम: चिसो बढ्ने, बेलुकीदेखि हिमपातको सम्भावना


नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र (कम दबाब प्रणाली) को प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ।

जल तथा मौसाम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आज बेलुकादेखि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिएको जनाएको हो। साथै उती प्रदेशका पहाडी तथा तराईका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।

यो प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आउने र चिसो बढ्नसक्ने सम्भावना रहेको बताइएको छ। विभागले यस मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई-यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। आगामी आइतवार साँझदेखि पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार