नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रका कारण देश जोगिएको बताएका छन् ।
राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महासचिव मैनालीले राजा महेन्द्रले तात्कालिन अवस्थामा भारतले भनेको संविधानसभाको निर्वाचनप्रति बेवास्ता गरेर देश जोगाएको बताएका हुन् । पृथ्वीनारायण शाहपछि अन्य राजाहरुको भूमिका महत्वपूर्ण रहेपनि राजा महेन्द्र अत्यन्तै राष्ट्रवादी राजा भएको उनको भनाई छ ।
देशका ठूला राजनीतिक परिवर्तनहरु प्रजातन्त्रका लागि भएपनि ती परिवर्तनमा कुनै न कुनै प्रकारले विदेशीको भूमिका रहेको उनको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतप्रति लक्षित गर्दै उनले विदेशीको भारी बोकेर नहिँड्न सुझाव समेत दिए ।