Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

असार २३ गते दिनभरका मुख्य समाचार


१. माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै एमाले नेताहरुले दिए निर्वाचन आयोगमा निवेदन, माओवादी छाडेका रामबहादुर थापा लगायतका नेताहरु प्रचण्डप्रति आक्रामक
२. बिहिबारसम्म नेकपा एमालेको विवाद मिलिसक्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ, फुटको संघारमा पुगेको एमाले जोगिएको एमाले नेताहरुको प्रतिकृया
३. हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या, अज्ञात हतियारधारी समुहले नीजी निवासमै मोइसेको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ
४.कोठा भाडा प्रकरणमा रुपा सुनारले मन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध दिएको मुद्धामा सर्वोच्चले मन्त्रीसँग माग्यो लिखित जवाफ, दुबै पक्षलाई असार २८ गते छलफलका लागि बोलावट
५. अपहरणमा परेँ भनेको ९ दिनपछि जंगलमा मृत भेटिएकी चितवनकी सुजिता भण्डारीलाई न्याय दिन ढिलाई गरिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश, निर्मला पन्तकै नियति दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त
६. राष्ट्रियसभामा सांसदहरुले मोबाइल धेरै चलाएको भन्दै राष्ट्रियसभाका अध्यक्षले सांसदहरुलाई गराए सचेत, कुनै सांसदले बोलिरहेका बेला अनावश्यक ओहोरदोहोर नगर्न आग्रह
७. प्रधानमन्त्री केपी शर्मा ओली घेराबन्दीमा परिसकेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ, जनतालाई आन्दोलित गराइराख्न विद्यार्थी नेताहरुलाई आग्रह
८. जसपा विवाद निरुपणका लागि निर्वाचन आयोगले बनायो ५ सदस्यीय इजलाश, ३ साउनबाट सुनुवाई हुने
९. कालिगण्डकी डाइभर्सनको निर्णयसहित सरकारलाई सर्वोच्चमा बोलावट, साउन ४ गते अन्तरिम आदेशका लागि छलफल
१०.राजधानीको कपनबाट १० महिलासहित २९ जुवाडे पक्राउ, १४ लाख रुपैंयाँ भन्दा बढी नगद बरामद
११. पर्वतमा खोलाले बगाएको गाडी भेटियो, तर, मध्यपहाडी लोकमार्ग आयोजनाका कार्यालय प्रोजेक्टर म्यानेजरसहित ३ जना अझै बेपत्ता
१२. भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरे मन्त्रीमण्डल पुनर्गठन, मन्त्रीमण्डलमा केही नयाँ र केही पुराना अनुहार
१३.शेयर बजार परिसुचक नेप्सेको पहिरो अझै रोकिएन, बुधबार १६ अंकको गिरावट, नेप्से २८ सयमा झ¥यो ।
१४.बुधबार सुनको मुल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैंयाँ पुग्यो
१५. बिहिबारबाट युनियन लाइफले आइपिओ जारी गर्दै, सर्वसाधारणले छिटोमा असार २८ सम्म आइपिओ भरिसक्नुपर्ने


प्रतिक्रिया दिनुहोस !
विचार