पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ६ सय १७ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ६५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ११४ जनाको पीसीआर र १ हजार ५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पीसीआर परीक्षणबाट २३८ जना र एन्टिजेन परीक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ३५७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।





