Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

दु:खद खबरः ओमीक्रोनको कारण ७ सय गुणाले बढे संक्रमित


कोरोना भाइरसको नयाँ प्रजाति ओमीक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ओमीक्रोन विश्वका ४७ देशमा पुष्टि भइसकेको छ। नेपालमा पनि ओमीक्रोनको नयाँ प्रजाति पुष्टि भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर नेपालमा दुई विदेशी नागरिकमा ओमीक्रोन पुष्टि भएको जनाएको छ।

यो भेरिएन्ट कोरोनाका पहिलेका भेरिएन्ट भन्दा निकै संक्रामक रहेको स्वास्थ्य संगठनले जनाएको छ। ओमीक्रोनबाट मृत्यु पुष्टि नभए पनि यसको संक्रमण दर भने निकै तीव्र रहेको छ। ओमीक्रोन पछिल्लो समय दक्षिण अफ्रिकी मुलुकमा झनै तीव्रताका साथ फैलिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण अफ्रिकामा ओमीक्रोनका संक्रमित सात सय गुणाले बढिरहेका छन्। स्वास्थ्य विशेषज्ञका अनुसार गत हप्ता दक्षिण अफ्रिकामा कुल संक्रमण दर सात सय प्रतिशतले पढेको पाइएको थियो। गत हप्ता सोमबार २३ सयमा संक्रमण पुष्टि भएकोमा शुक्रबार १६ हजारमा संक्रमण पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार