Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

मुडे चरिकोट सडकका लागि सडक विभागमा धर्ना बसेका अभियन्ताहरु पक्राउ


मुडे– चरिकोट सडक खण्डको निर्माण कार्यलाई अलपत्र पारी काम पुरा नगर्ने ठेकेदारलाई कारबाहीको माग राख्दै सडक विभागमा धर्ना बसेका संघर्ष समितिका अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलार बिहान धर्नामा बसेका अभियन्ताहरुलाई प्रहरीले धर्नास्थलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा एमालेका नेता ध्रुव आचार्य, पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार भवानी कार्की, कांग्रेस नेता कुशल खड्का, माओवादी केन्द्रका नेता मिनकुमार शिवाकोटी लगायतका रहेका छन् । पक्राउ परेका सबैलाई प्रहरी परिसर ललितपुरमा राखिएको पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले जानकारी दिए ।
केहीदिनअघि संघर्ष समितिका अभियन्ताहरुले सिंहदरबारस्थित भौतिक योजना तथा निर्माण मन्त्रालयमा पनि धर्ना दिएका थिए । अभियन्ताहरुको दबाबपछि मन्त्रालयका सचिवले सडक खण्डका ठेकेदारलाई कालोसुचीमा राखेर नयाँ टेण्डर आहृान गर्ने आश्वासन दिएका थिए । तर, यसबारे मन्त्रालयले कुनै कदम चालेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार