Logo
१८ चैत्र २०८२, बिहीबार
|  Thu Apr 2 2026

असार २४ गते दिनभरका मुख्य समाचार


१. सर्वोच्चको फैसला आउनुअघि नै पार्टी विवाद मिलाउँने नेकपा एमालेका नेताहरुको प्रयास, पार्टी विवाद लगभग मिलेको प्रतिकृया
२. महाधिवेशनलाई प्रभावित पार्नेगरी देउवा पक्षले क्रियाशील सदस्यता वितरण गरेको पौडेल पक्षको आरोप, छानबीनमा चनाखो हुन पौडेल समुहको निर्देशन
३. अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दार्चुलाको चौखुट्टेमा ३ जनाको मृत्यु, १ जना घाइते
४. अपहरणमा परेको ९ दिनपछि जंगलमा मृत भेटिएकी चितवनकी सुजिता भण्डारीलाई न्याय दिन प्रहरीलाई चौतर्फी दबाब, सय जनाभन्दा बढीसँग सोधपुछ गरिएको प्रहरीको भनाइ
५. कैलालीमा साढे ३ वर्षिय बालक विवेक विष्टको हत्या आरोपमा दुई किशोरी पक्राउ, घरायसी रिसिबीका कारण नाताले दीदी पर्ने किशोरीहरुले हत्या गरेको प्रहरीको प्रारम्भिक जानकारी
६. पछिल्लो २४ घण्टामा १८७५ कोरोना संक्रमित थपिए, २९ जनाको मृत्यु
७. पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा राजधानीमा संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन, विद्यार्थीहरुले निकाले सिठ्ठी जुलुस
८. निरन्तर ओरालो लागेको शेयर बजारमा बिहिबार उल्लेख्य वृद्धि, नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकममा पनि केही वृद्धि
९. नेपालमै किनेको फोनको आइएमइआई दर्ता गर्न नपर्ने नेपाल दुर सञ्चार प्राधिकरणको भनाइ, आइएमइआई दर्ता नगरे कुनै पनि फोन नचल्ने भन्ने कुराको भ्रममा नपर्न सबैलाई आग्रह
१०. विद्यालय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै प्याब्सनले शिक्षा मन्त्रीलाई बुझायो ज्ञापनपत्र, वैकल्पिक सिकाइले मात्रै विद्यार्थीलाई नपुग्ने जिकिर
११. सरकारले सहमति दिए साउन तेस्रो साताबाट कक्षा १२ को अन्तिम परीक्षा सञ्चालन हुने, परीक्षा सञ्चालनका लागि सरकारको सहमति पाउनेमा विश्वस्त रहेको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीको भनाइ
१२. मकवानपुरमा १२० किलो अवैध लागु औषध गाँजा बरामद, यता ठमेलबाट ५ जना चिनियाँ जुवाडे पक्राउ
१३. भारतमा फेरि बढ्यो नयाँ कोरोना संक्रमितको संख्या, बुधबार मात्रै ४५ हजार ७२४ जनामा देखियो कोरोना संक्रमण
१४. इराकमा रहेको अमेरिकी दुतावासमा रकेट प्रहार, दुतावासमा कार्यरत दुई कर्मचारी घाइते
१५. हाइटीका राष्ट्रपतिको हत्या आरोपमा दुई जना पक्राउ, दोहोरो भिडन्तमा परी हत्या आरोपी मध्ये ४ जनाको भने मृत्यु


प्रतिक्रिया दिनुहोस !
विचार