Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

कटरिनाको विवाहको तस्वीर खिच्न १०० करोडको अफर


विक्की कौशल र कटरिना कैफको विवाह राजस्थानको एक शाही होटलमा हुँदैछ । उनीहरूको विवाह डिसेम्बर ७–९ सम्म चल्नेछ । मंगलवार राति कटरिनाको मेहेन्दी समारोह थियो । यद्यपि यसका तस्वीरहरू सामाजिक सञ्जाल वा मिडिया कतै आएको छैन । आज हल्दी समारोहपछि पूल पार्टी हुनेछ । यसका लागि झण्डै ५० बढी पाहूना पुगेका छन् ।

अहिले कटरिनाले मेहेन्दी लगाएको तस्वीर भने भाइरल भइरहेको छ । पहेँलो रङको ड्रेसमा उनी देखिएकी छन् । तर, यो फोटो भने पुरानो हो । कटरिना र विक्कीको विवाहलाई मध्यनजर गर्दै थप सुरक्षा बढाइएको छ । बिना सुरक्षा कोड भित्र प्रवेश पनि दिइएको छैन ।

यस्तै समाचारअनुसार एक विदेशी कम्पनीले यो विवाहको तस्वीर पाउन कटरिना र विक्कीलाई १०० करोड भारुको अफर दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार