बुधबार पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ ।
बुधबार अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा बजार पुरै राताम्मे देखिएको छ । यद्यपि, स्टाण्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत्, नेपाल एसबीआई बैंक लगायतको शेयर मूल्य भने बढेको छ ।
बुधबार धेरै गुमाउने कम्पनीहरुमा सामुदायिक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त लगायतका कम्पनीहरु देखिएका छन् ।





