Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से, कारोबार रकममा पनि देखिएन उल्लास


पछिल्लो समय सेयर बजार निरन्तर झरेको छ। साताको अन्तिम कारोबार दिन बजार ५.८४ अंकले झरेको छ। दिनभरीमा बजारमा २३१ कम्पनीको सेयर किनबेच भएको छ। कुल २ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। होटल तथा पर्यटनका साथै अन्य र सामूहिक लगानी कोष समूहको सूचक हरियो भएको छ। बाँकी सबै उपसूचक रातो छन्। वित्तीय क्षेत्रका सूचक रातो हुँदा बजार घटेको हो।

सूचक २४५० अंक तल आएको छ। तैपनि बिहीबार सिनर्जी पावर र लक्ष्मी इक्विटी फण्डको मूल्य सर्वाधिक चार प्रतिशतले बढेको छ। सबैभन्दा धेरै सामूदायिक लघूवित्त, श्रीइन्भेष्टमेन्ट फाइनान्सको घटेको छ। यी कम्पनीको ५ प्रतिशतले घटेको छ।

बजारमा हिमालयन डिस्टिलरीको ८ करोड ८५ लाखको सेयर कारोबार भएको छ। ८ करोडमाथि कारोबार हुनेमा अपी पावर, नबिल बैंक र महालक्ष्मी विकास बैंक छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार