Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

मेक्सिकोमा आप्रवासी बोकेको ट्रक दुर्घटना: ४९ जनाको मृत्यु


दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको ट्रक दुर्घटना हुँदा कम्तिमा ४९ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । चियापास राज्यको एउटा पुलमा ठोकिदा ट्रक दुर्घटनामा परेको हो । दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको थियो ।

बीबीसीमाअनुसार दुर्घटनाका ५८ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेमा महिला र बालबालिका पनि छन् । सो ट्रक होन्डुरसबाट आप्रवासी बाकेर मेक्सिकोतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार