बुधबार लोकसेवा आयोगले २८४ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । कर्मचारी समायोजनको विवाद अदालतबाट निरुपण हुन नसकेको अवस्थामा लोक सेवा आयोगले विज्ञापन खुलाएको हो ।
लोक सेवा आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २८४ जना अधिकृतको विज्ञापन गरेको हो ।
विज्ञापन खोलिएका पदहरुका लागि आगामी माघ २९ गते प्रारम्भिक परीक्षा छ । तर न्यायसेवामा प्रतिस्पर्धा गर्नेहरुले भने प्रारम्भिक परीक्षा दिनुपर्ने छैन ।






