Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रचण्ड र ज्ञानेन्द्रबीच ५ बुँदे सहमति भएको छ : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच साँठगाँठ रहेको खुलासा गरेका छन् । ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति नै भएको दाबी गर्दै उनले प्रचण्डको बाहिरी कुरा एउटा र भित्री कुरा अर्कैै हुने गरेको आरोप समेत लगाए ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ को कदम चाल्नुअघि प्रचण्ड र ज्ञानेन्द्रबीच ५ बुँदे सहमति भएको ओलीको दाबी छ । प्रचण्ड र ज्ञानेन्द्रबीच २०६० मंसिर १८ गते सहमति भएको ठोकुवा गर्दै उनले त्यही सहमतिको आडमा ज्ञानेन्द्र शाहले नागरिक अभिनन्दन चलाएको उनको आरोप छ ।
तत्कालिन अवस्थामा रुकुम, रोल्पा जस्ता ठाउँमा ज्ञानेन्द्र शाहको अभिनन्दन गरिएको स्मरण गर्दै ओलीले लोकतान्त्रिक शक्तिलाई प्रवेश निषेध गरिएका ठाउँमा प्रचण्डले राजालाई स्वागत गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार