Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

सडकमा माग्दै हिँड्ने बालबालिका प्रहरीको नजरमा, सिधै विद्यालय भर्ना


दिनभर सडक आसपासमा मागेर दिनचर्या कटाउने १२ सडक बालबालिकालाई प्रहरीले विद्यालय भर्ना गरेको छ । गुल्मी सदरमुकाम तमघास बजार र आसपासको क्षेत्रमा माग्दै हिँड्ने र चोरी कार्यमा पनि संलग्न भएका बालबालिकालाई बुधबार गुल्मी प्रहरीले विद्यालय भर्ना गरेको हो ।
बिहान उठ्नसाथ बजारका पसलमा माग्न जाने र सडक बाटोमा हिँड्ने मानिसहरुलाई परिसानी गर्ने बालबालिकालाइ स्थानीय व्यक्ति र गुल्मी प्रहरीको सहकार्यमा विद्यालय भर्ना गरिएको हो ।
१२ बालबालिका मध्ये केही मजदुरका छोराछोरी हुन् भने केही अभिभावक नभएका अनाथ हुन । विद्यालय पठाइएका बालबालिकालाई प्रहरी प्रशासनले विद्यालय पोशाक, झोला तथा पुस्तकहरु समेत प्रदान गरेको छ ।
सडकमा बस्ने १२ बालबालिकालाई एउटै विद्यालयमा नभई फरक फरक विद्यालयमा भर्ना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार