Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जना गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २८९ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७१७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ भने ८ लाख ८ हजार ९२ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार