Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

आज कति थपिए कोरोना संक्रमित ? यस्तो छ पछिल्लो २४ घण्टाको विवरण


पछिल्लो चौबीस घण्टामा देशभर २२० जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार १४१ वटा नमुना परीक्षण गर्दा २२० जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधीमा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।

आज २६३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ८९, भक्तपुरमा ७ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार