Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट


काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले चिट चोर्न नदिएको भन्दै सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।

परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ । पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ ।

उनीमाथि आक्रमण गर्ने विद्यार्थी फरार छन् । प्रहरीले उनको खाजी भैरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार