Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

एसइई खारेज गर्न शिक्षा समितिको निर्देशन


संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’ले एसइई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले समितिले यसअघि २९ जेठ ०७७ मै एसइई खारेज गर्न दिएको निर्देशन कार्यान्वयन गर्न पुनः निर्देशन दिएको हो ।

कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा यो वर्षका लागि एसइई परीक्षा सञ्चालन नगर्ने निर्णय उपयुक्त रहेको समितिले जनाएको छ । संविधान र कानुनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्षका लागि स्थगित भएको एसइई परीक्षालाई सधैँका लागि हटाएर कक्षा १० का परीक्षा स्थानीय तहबाट सञ्चालन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको परीक्षा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

बिहीबारको बैठकले बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउन मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराएको छ । समितिले संघीय शिक्षा विधेयक छिटो ल्याउन सरकारलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार