नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ८९ जनामा गरिएको परीक्षणमा २ सय ६० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ३४९ जना संक्रमणमुक्त भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ भने ८ लाख १० हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।





