Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

जसपा विभाजनको संघारमा, महन्थ ठाकुर पुगे निर्वाचन आयोग


जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ । लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यलाई निस्कासन गरिएसँगै पार्टी विभाजनको संघारमा पुगेको हो ।

उपेन्द्र यादव र डा. बाबुराम भट्टराई खेमाले लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने निर्णय गरेसँगै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।
ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको उल्लेख गर्दै निर्वाचन आयोग गएको बताएका छन् ।
पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरको जिकिर रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार