Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु


पछिल्लो २४ घण्टामा नेपालमा थप २१९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमूना परीक्षण गर्दा आइतबार थप २१९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ कायम भएको छ ।

पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार