Logo
१० मंसिर २०८३, बिहीबार
|  Thu Nov 26 2026

ओमिक्रोनका संक्रमित बढेपछि नयाँ दिल्लीमा कर्फ्यु


कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइने भएको छ ।दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेको हो ।

आइतबार मात्र दिल्लीमा २ सय ९० जना नयाँ सङ्क्रमित भेटिए पछि र सङ्क्रमित एक जनाको ज्यान गएपछि सरकारले रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमण फेरि बढे पछि भारतका अन्य राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् भने भीडभाडमा पनि रोक लगाइएको छ । भारतमा अहिलेसम्म चार सयभन्दा धेरैमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भैसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार