Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

विदेश जानेलाई यी अस्पतालमा जोनसन एण्ड जोनसन खोप लगाइने


सरकारले विदेश जानेहरूका लागि काठमाडौं उपत्यकाका चार वटा अस्पतालबाट कोरोना विरुद्धको खोप लगाउन मिल्ने व्यवस्था गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज , शसस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट खोप लगाउन सकिनेछ।

चारवटै अस्पतालबाट एक डोज मात्रै लगाउँदा हुने जोनसन एण्ड जोनसन खोप दिइने मन्त्रालयले जनाएको छ। खोप लगाउन जाँदा अनिवार्य रुपमा भिषा लागेको पासपोर्ट देखाउनुपर्ने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार