नेदरल्यान्डसको एउटा अदालतले राजधानी हेगस्थित दूतावासमा गोली प्रहार गरेर हत्याको प्रयास गरेको अभियोगमा ४१ वर्षीय पुरुषलाई चारवर्ष लामो कारावास सजाय सुनाएको छ ।
आफुलाई मक्का भ्रमणका लागि प्रवेषाज्ञा नदिएको रिसको झोंकमा नाम नखुलाइएका ति व्यक्तिले सन् २०२० को १२ नोभेम्वरमा आफ्नो चालिसौं जन्मदिनको बिहान सबेरै स्वचालित बन्दुकबाट दूतावास भवनमा २९ पटक गोली चलाएका थिए । तर सो घटनामा कोही पनि घाइते भएको थिएनन् ।








