Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

विद्यालयको प्राङ्गणमा मेला लगाउन पाँच दिन विद्यालय बन्द


जाजरकोटको भेरी नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा मेला लगाउनको लागि पाँच दिन विद्यालय बन्द गरिएको छ ।विद्यालय सोमबार देखि शुक्रबारसम्म बिदा दिइएको छ । धेरै वर्षदेखि लाग्दै आएको मेला लगाउनको लागि विद्यालयको प्राङ्गण विद्यालय व्यवस्थापन समितिले दिने निर्णय गरेको जानकारी पाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिले स्थानीय बिदा गर्न पाउने अधिकार उपयोग गर्दै बिदा दिएको पुनले बताए । उनले भने ‘धेरै वर्ष अघिबाट लाग्दै आएको मेला लगाउनको लागि विद्यालयको प्राङ्गण दिने र विद्यालय बिदा दिने व्यवस्थापन समितिले दिने निर्णय गरेको रहेछ ।’जाजरकोटको पहिचानको रुपमा स्थापित पुस १५ को मेला स्थानीय उत्पादनसँग जोडिएको भएर विद्यार्थीले पाठ्यक्रम पढ्न नपाए पनि स्थानीय उत्पादनबारे सिक्ने अवसर पाउने पुनले जिकिर गरे ।

विद्यालयको प्राङ्गण मेला लगाउन दिएबापत विद्यालयले ५० हजार लिएको जानकारी पाएको पुनले बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार