Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

खाद्य संकटलाई मध्यनजर गर्दै कम खाना खान थालेका किम यस्ता भए


उत्तर कोरियाका शासक किम जोङ उन दुब्लाएका तस्वीर सार्वजनिक भएका छन् । विभिन्न कडा नियम लागू गरेर चर्चामा आउने किम हालै सत्तारुड वर्कर्स पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका तस्वीर सार्वजनिक भएका छन्, जसमा उन दुब्लाएका देखिएका छन् ।

२८ डिसेम्बर २०२१ मा सार्वजनिक नयाँ फोटोमा अनुहार समेत दुब्लाएको देखिएको छ । सरकारी अधिकारीले देशमा खानाको कमीका कारणले उनले कम खाना खाइरहेका र अवस्था सामान्य नहुँदासम्म आमनागरिकलाई समेत कम खाना खान अपिल गरिएको जनाएका छन् ।

कम खाना खाएका कारण उन दुब्लाएका तर शारीरिक रूपमा स्वस्थ रहेका सरकारी अधिकारीले जनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । यतिबेला उत्तर कोरियामा खाद्य संकट देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार