Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

काठमाडौंका यी अस्पतालबाट दिइँदै छ बालबालिकालाई फाइजर खोप


काठमाडौंका दुईवटा अस्पतालबाट आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । वीर अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतलबाट यो उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो डोज दिन लागिएको हो ।

दोस्रो डोज लगाउन बाँकी रहेकालाई दिएर खोप बाँकी रहेमा यही उमेरका अरू बालबालिकालाई पहिलो डोज पनि दिइनेछ । खोप लगाउन बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय छुट्ट्याइएको छ ।

त्यसैगरी, फाइजर खोप लगाउन बाँकी आठ जिल्लाका बालबालिकालाई केही दिनभित्रै खोप कार्यक्रम सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार