Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट


पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ४९८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो।

उक्त अवधिमा नौ हजार ७०० जनाको पीसीआर परीक्षण गरिएकोमा २९१ जनाको रिपोर्ट ‘पोजिटिभ’ आएको थियो। यस्तै एन्टिजेन विधिमार्फत् दुई हजार ७९८ जनाको परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उक्त अवधिमा २५५ जना संक्रमणमुक्त भएका छन्। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या पाँच हजार पाँच जना रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार