दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन स्वरूपका संक्रमितको संख्या बढ्दै गएको छ। यो भाइरसबाट दुईजनाको ज्यान गएको छ। दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुईजनाको ज्यान गएको समाचारमा जनाइएको हो।
स्वास्थ्य अधिकारीले ओमिक्रोन संक्रमितको संख्या बढे पनि तथ्यांक भने दिन अस्वीकार गरेका छन्। यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिए पनि पहिलोपटक यी दुईजनाको ज्यान गएको स्वास्थ्य अधिकारीले जनाएका छन्।
दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो। गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजना गरी दुईजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन्।





