Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

लगातार तेस्रो दिन नेप्सेमा दोहोरो अङ्कको वृद्धि


मंगलबार शेयर बजारमा उत्साह देखिएको छ । नेप्से आज मंगलबार ६३.०१ अङ्कले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ ।आज उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको ८७, माइक्रोफाइनान्स समूहको ९१, फाइनान्स समूहको शेयर ७९ अङ्कले र जीवन बीमा समूहको एक सय ६० अङ्कले बढेको छ ।

आज ९१ लाख १० हजार कित्ता शेयर चार अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको १४ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज श्री इन्भेस्टमेन्ट फाइनान्स, सप्तकोसी विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक र नेपाल एसबीआई बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार