Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

अमेरिकामा एकैदिन थपिए झण्डै ११ लाख कोरोना संक्रमित, बाइडेनले गरे यस्तो अपिल


अमेरिकामा एकै दिन झण्डै ११ लाख जना कोरोना संक्रमण पुष्टि भएको छ। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार सोमबार एकै दिन १० लाख ८० हजार जना संक्रमित थपिएका हुन्। विश्वभर कुनै पनि देशमा अहिलेसम्म एकै दिन यति धेरै संक्रमित भेटिएका छैनन्। हाल अमेरिकामा भेटिएका सङ्क्रमतिमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ।

स्वास्थ्य अधिकारीहरुले तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको चेतावनी दिएका छन्। सरकारको चर्को आलोचनाका बाबजुद राष्ट्रपति जो बाइडेनले संक्रमण बढे पनि विद्यालयहरू खुलै राख्न आह्वान गरेका छन्।

बच्चा स्कुलमा सुरक्षित रहने आफ्नो विश्वस रहेको बाइडेनको भनाइ छ। संक्रमित ह्वात्तै बढेपनि यस अघिका लहरको तुलनामा मृत्यु हुने र अस्पताल भर्ना हुने बिरामीको संख्या अहिले कम रहेको छ। यद्यपि राष्ट्रपति बाइडेनले बढ्दो संक्रमणका कारण मानिसहरुमा चिन्ता र केही भ्रम देखिएको स्वीकार गरेका छन्।

अस्पताल भर्ना हुनुपर्ने र मृत्यु हुनेमा धेरैजसो खोप नलागएकाहरु रहेको भन्दै राष्ट्रपति बाइडेनले देशमा पर्याप्त मात्रामा उपलब्ध भएकाले अनिवार्य खोप लगाउन अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार