Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

नेपालमा निरन्तर उकालो लाग्दै कोरोना संक्रमणदर, कति थपिए आज ?


नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० र ३ हजार ५५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २३९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५, २२५ रहेको छ । जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार