Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

साताको अन्तिम कारोबारकाे दिन शेयर बजार ४३ अङ्कले बढ्यो


शेयर बजार परिसूचक नेप्से आज बिहीवार बढेको छ । लगातार चार दिन बढेर हिजो बुधवार झन्डै ३१ अङ्कले घटेको नेप्से आज ४३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव ४७ विन्दुमा पुगेको छ ।

आज व्यापार र उत्पादन समूहबाहेक सबै समूहको शेयर बढेको छ । आज निर्जीवन बीमा समूहको शेयर दुई सय ४३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा, होटल र पर्यटन समूहको शेयर पनि एक सय अङ्कभन्दा धेरैले बढेको छ ।

आज दुई सय ३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता शेयर तीन अर्ब ६७ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।आज नेपाल फाइनान्स लिमिटेड, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार