Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

काजकिस्तानमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा हजारौं घाइते दर्जनौँको मृत्यु


इन्धनको मुल्यवृद्धि विरुद्ध बुधबार राती जारी प्रदर्शनमा उत्रिएका काजकिस्तानका हजारौ प्रदर्शनकारी घाइते भएका छन् भने दर्जनौंको मृत्यु भएको छ ।
बुधबार दिउँसो प्रहरी र प्रदर्शनकारी बिच झडप हुँदा ८ प्रहरीको ज्यान गएको थियो । त्यस पश्चात प्रदर्शनले उग्र रुप लिँदा अन्य दर्जनौँको ज्यान गएको हो । काजकिस्तानमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको दोब्बर मुल्य वृद्धि भएको भन्दै आइतबारदेखि राजधानी लगायत ठूला शहरमा हजारौं मानिसले सरकारविरुद्ध प्रदर्शन सुरु गरेका थिए । त्यसयता निरन्तर प्रदर्शन उग्र बनेको र मंगलबार काजकिस्तानका प्रधानमन्त्रीले राजीनामा दिएका थिए ।
बुधबारदेखि उक्त प्रदर्शन हिंसामा परिणत भएको हो । देशमा शान्ति सुरक्षा कायम गर्न सरकार लागि परिरहेको काजकिस्तान राष्ट्रपति कार्यलयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार