Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै, संक्रमण नियन्त्रणबारे के होला निर्णय ?


कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज दिउँसो बस्न लागेको हो ।

कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । पछिल्ला केहीदिनदेखि कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको छ ।

काठमाडौं उपत्यका सङ्क्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । भारतमा तेस्रो लहर सुरु हुँदै गर्दा त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार