पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना रहेका छन् । जसमध्ये ७ हजार २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ६१० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।





