शेयर बजार परिसूचक नेप्से आज मंगलबार पनि बढेको छ। शेयर बजार परिसूचक नेप्से आज ४९.१९ अंकले बढेर २८ सय ३४.१३ विन्दुमा पुगेको छ।आज उत्पादनबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको शेयर बढेको छ ।
आज दुई सय ३२ वटा कम्पनीको एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
नेप्से इन्डेक्स २८ सय ३४ अंकमा पुगेको छ। आज नारायणी विकास बैंक, नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स, कर्पोरेट विकास बैंक र मध्ये भोटेकोशी जलविद्युत् आयोजना कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।





