Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

भारतमा एकैदिन थपिए झण्डै २ लाख कोरोना संक्रमित


भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा भारतमा १५.८ प्रतिशत धेरै नयाँ संक्रमित थपिएका हुन्।

हिजो भारतमा एक लाख ६८ हजार नयाँ संक्रमित थपिएका थिए। कोरोनाको तेस्रो लहरको सामना गरिरहेको भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै दैनिक नयाँ संक्रमितको संख्या पनि उल्लेख्य संख्यामा बढेको हो।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको संक्रमणदर पनि ११.०५ प्रतिशत रहेको देखिएको छ। सो अवधिमा ४४२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म ४ हजार ८६८ जनामा ओमिक्रोन भेरियन्टसहितको संक्रमण पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार