Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

कोरोना संक्रमितले भरिँदै अस्पताल, काठमाडौं पुनः हटस्पट बन्दै


नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । बुधबार मात्र देशभर ३ हजार ७५ जना कोरोना संक्रमित भेटिए। यो संख्या नेपालमा ओमिक्रोन पुष्टि भएपछिकै सबैभन्दा धेरै हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ३७५ पुगेको छ। कुनै बेला एक सयमा झरेको संक्रमितको संख्या हाल दैनिक उकालो लाग्दैछ।

कोरोना संक्रमितको संख्या पुस २२ गतेबाट ह्वात्तै बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। पुस १ गते ११ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १८४ जनामा कोरोना भेटिएको थियो। संक्रमणदर १ दशमलव ६७ प्रतिशत मात्र थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो तथ्यांक नियाल्दा हाल दैनिक दुई हजारभन्दा माथि संक्रमित भेटिन थालेका छन्। जसमध्ये आधाजति त काठमाडौं उपत्यकाकै हुने गरेका छन्। बुधबार भेटिएका ३ हजार ७५ संक्रमितमध्ये १ हजार ५३८ काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा १ हजार १६८ ललितपुरमा २३६ र भक्तपुरमा १३४ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल कोभिड १९ का बिरामी बढ्न थालेका छन्। करिब एक साता अघि खाली जस्तै भएको अस्पतालमा भर्ना हुने कोभिडका बिरामी विस्तारै बढ्न थालेका हुन्।

बुधबार दिउँसोको तथ्यांक अनुसार शुक्रराज अस्पतालमा ६ आइसीयू र ६ एचडीयू गरी १२ जना बिरामी उपचाररत छन्। उपत्यकाका अन्य अस्पताल पनि संक्रमितले भरिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार