त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।अस्पतालका निर्देशक दिनेश काफ्लेले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेनमा रहेका छन् ।उनले भने, अहिले उनीहरु होम आइसोलेसनमा हुनुहुन्छ । धरैलाई लक्षण देखिएको छैन् । केहीलाई मात्रै लक्षणहरु छन् ।’स्वास्थ्यकर्मीहरु विरामी मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।
चिकित्सकहरुलाई कोरोना संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।स्वास्थ्यकर्मीहरु यसरी नै प्रभावित भएपनि स्वास्थ्य प्रणालीमा ठूलो समस्या आउन सक्ने उनले बताए ।





