Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 14 2026

नेपालमा निरन्तर उकालो लाग्दै कोरोना संक्रमणदर, यस्तो छ पछिल्लो २४ घण्टाको विवरण


नेपालमा पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९८ जनाको पीसीआर परीक्षणमा २९२२ र ४ हजार ५८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ९ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार