Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

यी हुन् सक्रिय संक्रमित ५ सयभन्दा धेरै रहेका ५ जिल्लामा


नेपालका पाँच जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ र कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ ।

यस्तै दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्ला ६ वटा छ । मन्त्रालयका अनुसार सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा धेरै छ ।

यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको जिल्ला मुगु मात्रै छ । केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेको छ । विज्ञहरुले नेपालमा कोरोनाको तेसे लहर सुरु भैसकेको चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार