पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ जनामा गरिएको नमुना परीक्षणमा ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधीमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १ लाख ४३ हजार ३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । आजैबाट बुस्टर डोजको पनि व्यवस्था गरिएको छ ।





