सन्दीप लामिछानेको दुई विकेट लिएको खेलमा उनको क्लब होबर्ट हुरिकेन्सले मंगलबार मेलबर्न रेनेगाडेसलाई ६ रनले हराएको छ । सन्दीपले चार ओभरमा २७ रन दिएर दुई विकेट लिएका थिए ।
मेलबर्नको डकल्यान्ड रंगशालामा टस जितेर ब्याटिङ गरेको होबर्टले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८२ रन बनाएको थियो । १८३ रनको लक्ष्य पछ्याएको मेलबर्नले ६ विकेट गुमाएर १७६ रनमात्र जोड्न सक्यो ।
जितपछि १३ खेलबाट २७ अंक जोडेको होबर्ट पाँचौँ स्थानमा छ । मेलबर्न भने १६ अंकका साथ पुछारमा छ । पर्थ स्कोर्चर्स ४१ अंकका साथ शीर्ष स्थानमा छ । जारी प्रतियोगितामा सन्दीपले १३ खेलमा १४ विकेट लिएका छन् । होबार्टले लिगको अन्तिम खेल बुधबार मेलबर्न स्टार्ससँग खेल्नेछ ।






