नेपालमा कोरोनो संक्रमणको अवस्था भयावह अवस्थामा पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण पुष्टि भएको हो ।
कूल २२ हजार ८३८ जनाको नमुना परिक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार ८७२ जनाको आरटी–पीसीआर तथा ४ हजार ९५६ जनाको एन्टिजेन परिक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ७३० जना तथा एन्टिजेन विधिबाट १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच हजार ५४९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा चार हजार चार, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन् ।





