Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

हराएको २५ लाख डोज खोप प्रतिडोज एक हजार रूपैयाँमा बिक्री भएको हो ?


नेपाल सरकारले २५ लाख खोप गायब भएको जनाएको छ। मंगलबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २५ लाख डोज खोपको कहीं कतै रेकर्ड नै नभेटिएको बताएका हुन्। यससँगै ति खोप कता गए भन्ने चासो बढेको छ ।

सचिव पोखरेलले खोप गायब भएको बताएपछि अहिले ती खोप कर्पोरेट हाउसलाई बेचेको भन्दै चर्चा हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले त कर्पोरेट हाउसमा गएर खोजे खोप भेटिने बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा गौतमले लेखेका छन्, ‘हराएको २०–२५ लाख डोज भ्याक्सिन पत्ता लगाउन कन्सल्ट्याण्ट नियुक्त गरेर प्रदेश, जिल्ला र पालिका पठाउने, कर्पोरेट हाउसतिर खानतलासी गरे पुग्छ, रेकर्ड नराखी भ्याक्सिन लगाउनेलाई अर्को वर्ष पदक पक्का!’

यता जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले पनि खोप उपत्यकाका कर्पोरेट हाउसहरूमा एक हजार रूपैयाँमै बेचिँदै आएको सूचना पाएको बताएको छ। सरकारले सार्वजनिक निकायमा खोप कार्ड अनिवार्य गराएसँगै खोप केन्द्रमा गएर खोप लगाउने भिड बढेको छ। त्यसलाई विचौलियहरूले फाइदा उठाउँदै खोप कर्पोरेट हाउसमा अवैध रुपमा बेच्न थालेका शंका गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार