Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

भारतमा एकैदिन थपिए २ लाख ८२ हजार कोरोना संक्रमित


भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ८२ हजार ९७० जना कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा ४४१ जना संक्रमितले ज्यान गुमाएको परिवार कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सो अवधिमा एक लाख ८८ हजार १५७ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिले सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार रहेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य प्रभावित रहेका छन्।

भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुगेको छ। भारतमा हालसम्मसंक्रमित हुनेको संख्या ३ करोड ७६ लाख १८ हजार २७१ पुगेको छ भने हालसम्म चार लाख ८६ हजार ७६१ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार